दोलखाका २ नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी – Kanika Khabar
Friday, April 26Nepali News Portal

दोलखाका २ नगरपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

    मा प्रकाशित

कनिका डेस्क

जेठ २३, दाङ ।

कोरोना संक्रमण बढेको भन्दै दैलेख प्रशासनले आज साँझ ६ बजेदेखि लागू हुनेगरी अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । दैलेखमा हालसम्म २ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ भने एकजनाको मृत्यु भएको छ ।

प्रशासनले अर्को आदेश नआन्जेलसम्मका लागि राजपत्रमा उल्लेख भएका अत्यावश्यक सेवा बाहेकका काम नगर्न आदेश दिएको छ । निषेधाज्ञा सदरमुकाम नारायण नगरपालिका र दूल्लु नगरपालिका आसपासका क्षेत्रमा लागू गरिएको छ ।

यी दुई नगरपालिका बाहिर भने लकडाउनको अवस्था नै रहनेपनि जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्