राप्तीमा पहिलो बौद्ध गुम्वा निर्माण सुरु – Kanika Khabar
Saturday, September 30Nepali News Portal

राप्तीमा पहिलो बौद्ध गुम्वा निर्माण सुरु

    मा प्रकाशित

तिर्थराज ज्ञवाली
जेष्ठ २३, दाङ ।
राप्ती गाउँपालिका दाङमा पहिलो पटक बन्न लागेको बौद्ध गुम्वाको शिलान्यास गरिएको छ ।
निर्माणाधिन बौद्ध गुम्वा वडा नं ८ स्थित कोहलुवाको श्रीनगर डाडामा निर्माण कार्य सुरु गरिएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीले बौद्ध गुम्वाको शिलान्यास गरेकी हुन् ।
पवित्र बौद्ध मन्त्रोच्चारणका साथ गुरुङ समुदायको पवित्र धार्मीक स्थलको रुपमा रहेकोे गुम्वाको सामाजिक दुरी कायम गर्दै शिलान्यास गरिएको हो ।
गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदी, वडा अध्यक्ष गोकर्ण बहादुर राना मगर, कार्यपालिका सदस्य विष्णु गुरुङ, श्रीनगर बौद्ध गुम्वा निर्माण समितिका पदाधिकारी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय नागरिक लगायतको सहभागीतामा बौद्ध गुम्वाको शिलान्यास गरिएको हो ।
शान्तिका प्रतीक गौतम बुद्धको प्रतिमा स्वरुप मुर्ति सहितको गुम्वास्थललाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने उद्देश्य अनुसार वडा नं ८ को कोहलुवामा बौद्ध गुम्वा निर्माणका लागि शिलान्यास गरिएको बौद्ध गुम्वा निर्माण समितिका लुम बहादुर गुरुङले जानकारी दिए ।
राप्ती गाउँपालिकाको करिव ८ लाख बढी रकमबाट निर्माण गर्न लागिएको गुम्वाको प्युठान स्थित मल्लरानी निर्माण सेवाले असार मसान्तसम्म काम सम्पन्न गर्ने बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्