जापानमा गत वर्ष भन्दा ५३००० कम बच्चा जन्मिए – Kanika Khabar
Friday, April 26Nepali News Portal

जापानमा गत वर्ष भन्दा ५३००० कम बच्चा जन्मिए

    मा प्रकाशित

कनिका डेस्क
जेठ २४, दाङ ।

जापानामा २०१९मा नवजाता शिशुहरुको संख्या ८६५२३४ रहेको त्यहाँको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । उक्त संख्या गत वर्षको भन्दा ५३००० ले कम हो ।
जापानमामा नवजात शिशुको संख्यामा गिरावट आईरहेतापनि ९००००० भन्दा तल झरेको यो पहिलो पटक भएको त्यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जनाएको हो । मन्त्रालयद्वारा जारी गरेको तथ्यांक अनुसार कुल उर्वरता दर ( महिलाले उनको जीवनकालमा चन्माउने बच्चाको औसत संख्या) १.३६ रहेको छ जुन गतवर्ष भन्दा ०.०६ बिन्दुले तल झरेको हो ।

यसैबीच, यस वर्षमा मर्नेहरूको संख्या १३८१०९८ रहेको छ, दोस्रो विश्वयुद्ध पछि यो सब भन्दा उच्च हो। एक वर्षको अवधिमा जापानमा मृत्युहुनेको संख्या जन्मनेको भन्दा ५१५८६४ ले बढी रहेको छ ।
हाल जापानको जनसंख्या १२६५०२२११ रहेको छ र जापान जनसंख्याको आधारमा ११ औं ठूलो देश हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्