झेली आरडीटी टेष्ट, दैलेखमा आरडीटी गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

झेली आरडीटी टेष्ट, दैलेखमा आरडीटी गरेर घर पठाएका ८७ जनामा कोरोना संक्रमण

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २४, दैलेख ।

भारतबाट घर फर्कने संख्या बढ्दै गयो । व्यवस्थापनमा कठिनाई थपिदै गयो । भारतबाट घर फर्किएकाहरू बढे संगै सहज व्यवस्थापनको खोजमा लागेको दैलेख जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रले १० दिन क्वारेन्टिनमा बसेकाहरूलाई आरडीटी गरेर घर पठाउने सजिलो उपाय भेटायो र सोहि निर्णय गर्‍यो ।

नारायण नगरपालिकाले पनि दैलेख जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको सहजता लाई पालना गर्दै नारायण क्याम्पस र माविको क्वारेन्टिनमा रहेकाहरूको आरडीटी टेस्ट गर्दै ८२२ जनालाई घर पठायो । तर शुक्रबार एकै पटक १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसमा आरडीटी नेगेटिभ आएको भनेर घर पठाइएका ८७ जना संक्रमितको सुचिमा देखिए ।

त्यतिबेलाको सहजता यतिवेला कहर बनेको छ । नगरपालिकाले उनीहरूको खोजी थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्का भन्छन्, ‘उनीहरू ५ र ६ वटा वडाका थिए । ८७ जना संक्रमण पुष्टि भएका मध्य केही ‘आइसोलेसन’मा छन् । अझै ४५ जना आउन बाँकी छन् ।’

आइसोलेसन भनिए पनि सम्पर्कमा आएकाहरूलाई पनि यसअघिको क्वारेन्टिन स्थलमा राखिएको हो ।

संक्रमण पुष्टि भएका २१ जनालाई महेन्द्र माविको क्वारेन्टिनमा राखिएको छ । केहीलाई डाँडागाउँको प्राविमा राखिएको छ । संक्रमितको संख्या धेरै भएकाले आइसोलेसन बेड छैन । त्यसैले क्वारेन्टिन स्थलहरूमा राख्न थालिएको छ।

अहिले क्वारेन्टिन नै कोरोना संक्रमण सर्ने स्थान जस्तो हुन लागेपछि केन्द्रले आरडीटी गरेर घर पठाउने निर्णय गरेको हुन सक्ने एक चिकिस्तकले वताए ।

तर ठूलो संख्यामा आरडीटी गरेर घर पठाएकाहरुमा न अहिले संक्रमण पुष्टि हुनुले त्यतिवेलाको सहज समाधान अहिले संक्रमण बृद्धिको कडिवनेको छ ।

यसलाई जनस्वास्थ्यमाथि सरकारको खेलवाड स्वास्थ्यविदहरुले भनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्