चार जना कोरोना संक्रमित काठमाडौंमा भेटिए – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चार जना कोरोना संक्रमित काठमाडौंमा भेटिए

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २४, काठमाडौं 

काठमाडौंमा चार जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।

चारमध्ये तीन जना नेपाल प्रहरी अस्पतालमा रहेको पाइएको छ ।

उनीहरूमध्ये पनि दुई जना प्रहरी हुन् । एक जना अस्पतालको ल्याबमा काम गर्ने र अर्का अस्पतालमा डायलासिस गराइरहेका प्रहरी भएको स्रोतले बताएको छ ।

अर्का संक्रमण पूर्वप्रहरीकी पत्नी हुन् र नेपाल प्रहरी अस्पतालमा नै उपचाररत छिन् । तीनै जनालाई कोभिड अस्पताल, बलम्बु लैजाने तयारी भइरहेको प्रहरी अस्पताल स्रोतले जनाएको छ ।

यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्