वैदेशिक रोजगारीमा जानेहरुले पनि भेरोसेल र ज्यान्सिन लगाउन पाउने – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

वैदेशिक रोजगारीमा जानेहरुले पनि भेरोसेल र ज्यान्सिन लगाउन पाउने

    मा प्रकाशित

साउन ११, दाङ ।
सरकारले वैदेशिक रोजगारीमा जानेहरुलाई भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउने भएको छ । वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यतामा रहेकाहरुलाई जोन्सन एण्ड जोन्सनको खोप र एक महिनापछि वैदेशिक रोजगारीमा जानेले भेरोसेलको खोप लगाउन पाउने भएका छन् ।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच भएको छलफलमा उक्त सहमति भएको हो । जोन्सन एण्ड जोन्सनको खोप धेरै समय राख्न नमिल्ने भएकाले सबै प्रदेशहरुमा खोप वितरण भैसकेको हुँदा वैदेशिक रोजगारीमा एक १ महिनाभित्र जानुपर्ने कामदारहरुलाई उक्त खोप दिने निर्णय भएको बताइएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेबसाइटमा अनलाइन फारम भरी आफुलाई पायक पर्ने प्रदेशले तोकेको खोप केन्द्रमा पासपोर्ट, भिसा र अन्तिम श्रम स्वीकृतिको आधारमा खोप लगाउन मिल्ने व्यवस्था मिलाइएको पनि महासचिव श्रेष्ठले जानकारी दिनुभयो । वैदेशिक रोजगारीमा नेपाली श्रम गन्तव्यमध्ये यूएईले अक्सफोर्ड, एस्ट्राजेनेका, सिनोफर्म, फाइजर, स्पुतनिक भी, बायोएनटेक गरी चार वटा खोपलाई मान्यता दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्