कनिका संवाददाता
जेठ २५, काठमाडौँ ।
जनता समाजवादी पार्टी नेपालभित्र नेतृत्वको विषयलाई लिएर देखिएको विवाद बाहिरिएको छ । पार्टीभित्र देखिएको विवाद मिलाउने जिम्मेवारी तीन नेतालाई दिइएको छ ।
शनिबार तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच भएको छलफलले सहमति जुटाउनका लागि नेताहरु महन्थ ठाकुर, बाबुराम भट्टराई र उपेन्द्र यादवलाई जिम्मेवारी दिएको हो ।
आज आइतबार तीन नेताबीच छलफल भएर निष्कर्ष निस्कने विश्वास लिइएको छ । तीन नेताबीचको छलफलमा सहमाति जुटेपछि फेरि सामूहिक बैठक बसेर अन्तिम रुपमा दिने बताइएको छ ।