सर्पदंशबाट तुलसीपुरमा २ जना बिरामी – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सर्पदंशबाट तुलसीपुरमा २ जना बिरामी

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, दाङ ।
सर्पदंशबाट दाङको तुलसीपुरमा २ जना बिरामी परेका छन् । सर्पदंशबाट बिरामी हुनेमा तुलसीपुर उपमहागनरपालिका–१८ बिजौरी निबासी ३२ बर्षका बसन्त चौधरी र तुलसीपुर उपमहागनरपालिका–१७ बनकट्टा निबासी १९ वर्षकी सम्भा विक रहेका छन् । अहिले उनीहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । चौधरीलाई खेतमा काम गर्ने क्रममा काली डूवेनी सर्पले बिहान साढे छ बजेतिर र विकलाई ८ बजे बाख्रा सार्ने क्रममा गोठमा गराँइच सर्पले टोकेको बतायएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्