बन्दाबन्दीलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ स्वरुप तयार – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

बन्दाबन्दीलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ स्वरुप तयार

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २५, काठमाडौं।

सरकारले बन्दाबन्दीलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ स्वरुप तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले तयार पारेको तीन फरक स्वरुपलाई पन्छाउँदै नयाँ स्वरुप अघि बढाएको हो ।

सरकारले असार एक गतेदेखि आर्थिक, स्वास्थ्य र दैनिक कामलाई सहज बनाउनको लागि बन्दाबन्दीलाई खुकुलो बनाउन स्वरुप ल्याउन लागेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ रोग रोकथाम र नियन्त्रण उच्चस्तरीय समितिले बन्दाबन्दी खुकुलो बनाउने स्वरुपको विषयमा हिजो छलफल गरेको थियो ।

समितिले १० चरणको स्वरुपलाई अघि बढाएर बन्दाबन्दीलाई खुकुलो बनाउन छलफल गरेको जनाइएको छ । समितिले आज पनि बन्दाबन्दीको मोडालिटीको विषय छलफल गर्ने छ र सहमति भए, मन्त्रीपरिषद्लाई सिफारिस गर्नेछ ।

मन्त्रीपरिषद्ले स्वरुपलाई आवश्यकता अनुसार हेरेर गरेर अन्तिम निर्णय गर्नसक्ने छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्