घोराहीको भानु चोकमा आदिकवि भानुभक्तको सालिक राख्न स्रष्टाहरुको आग्रह – Kanika Khabar
Thursday, June 19Nepali News Portal

घोराहीको भानु चोकमा आदिकवि भानुभक्तको सालिक राख्न स्रष्टाहरुको आग्रह

    मा प्रकाशित

कनिका डेस्क
जेठ २५, दाङ ।
घोराही उपमनगरपालिका–१५ स्थित भानुचोक (तुलसीपुर चोक)मा आदिकवि भानुभक्त आचार्यको शालिक राख्न घोराही उपमहानगरपालिकालाई आग्रह गरिएको छ । उपमहानगरपालिकाले उक्त चोकमा घोडाको प्रतिमा राख्ने गरेको निर्णयप्रति दाङका साहित्यिक संस्था एवं साहित्यकारहरुले ध्यानार्कषण जनाएका छन् ।
तत्कालीन त्रिभुवन नगरपालिकाले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको प्रतिमा घोराहीको भानुचोक (तुलसीपुर चोक)मा राख्ने निर्णय गरेकोमा अहिले घोडाको प्रतिमा राख्न थालेको निर्णयप्रति असहमत व्यक्त गर्दै दाङका साहित्यिक संस्था एवं साहित्यकाहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गरेका हुन् । यसअघि ट्राफिक चोकमा घोडाघोडीको प्रतिमा राखिएपछि पुनः उस्तै प्रतिमा आर्काे चोकमा राख्नु उपयुक्त नरहने विज्ञप्तिमा उल्लेख गरिएको छ । उमहानगरलाई उक्त निर्णय सच्चाउँदै आदिकवि आचार्यको प्रतिमा राख्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।
दाङका साहित्यिक संस्थाहरुबाट राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल, प्रगतिशील लेखक संघ दाङका अध्यक्ष भुवन देवकोटा, लेखक संघका अध्यक्ष खजराज न्यौपाने, राप्ती साहित्य परिषद् दाङका अध्यक्ष कमलमणी देवकोटा, एवं साहित्यकार नारायणप्रसाद शर्मा, गिरिराज शर्मा, डा. अमर गिरी, उत्तमकृष्ण मजजैया, पद्यप्रसाद शर्मा, डा. गोविन्द आचार्य, टीकाराम उदासी, शरद अधिकारी, केशव थापा, सुशिल गौतम र केवि मसालले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गरेका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्