हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन

    मा प्रकाशित

भदौ ५, दाङ ।
हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को निधन भएको छ। कोरोना सङ्क्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको आज विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना हुनुभएको थियो । पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गर्नुभएको थियो ।

 

उहाँका परिवारमा सवै कोरोना सङ्क्रमित छन् । उहाँकाश्रीमती, एक छोरा र एक छोरी छन् ।थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्