लामो समयदेखि नवीकरण नभएकालाई छुट दिइने – Kanika Khabar
Sunday, March 3Nepali News Portal

लामो समयदेखि नवीकरण नभएकालाई छुट दिइने

    मा प्रकाशित

दाङ, ५ भदौ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघले संघमा लामो समय देखि नविकरण नभएका उद्योगी तथा व्यवसायिहरुलाई नविकरणमा छुट दिने भएको छ । संघको शनिवार वसेको बैठकले यस्तो निर्णय गरेको हो ।

May be an image of 5 people, people sitting, people standing and indoor

बैठकले संघमा विभिन्न कारणले लामो समय सम्म नविकरण हुन नसकेका उद्योगी तथा व्यवसायीहरुलाई ३ वर्षको नविकरण लिएर नविकरण गरि दिने भएको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

आउँदो पुस मसान्तसम्मका लागि यस प्रकारको छुट दिइने भएको महासचिव वुढाथोकीले बताए । यसले उद्योगी तथा व्यवसायीहरुलाई सहजता समेत हुने संघको अपेक्षा रहेको छ । बैठक संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्