सर्लाहीमा एक युवक लोड भएको पेस्तोलसहित पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

सर्लाहीमा एक युवक लोड भएको पेस्तोलसहित पक्राउ

    मा प्रकाशित

भदौ ५, सर्लाही ।
सर्लाहीमा एक युवक लोड भएको पेस्तोलसहित पक्राउ परेका छन् । जिल्ला सदरमुकाम मलगंवा नगरपालिका–११ ठूलो पल्सी निवासी ३० बर्षीय समसुद्दिन अन्सारीलाई गोली लोड भएको एक थान कटुवा पेस्तालसहित पक्राउ गरिएको हाृे ।

समसुद्दिन र उनका ४५ बर्षीय दाजु फुलगनी अन्सारीबीच शनिबार झै–झगडा भएको खबर पाएपछि पुगेको प्रहरी टोलीले उनलाई हतियारसहित पक्राउ गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

‘दुबै दाजुभाइको झै–झगडा छुट्याउने क्रममा समसुद्दिनले कम्मरमा भिरेको अवस्थामा १ राउण्ड गोली लोड भएको कटुवा पेस्तोल बरामद भयो’ बुढाथोकीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेका छौं ।’

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्