म पार्टी एकताको पक्षमा छु : मुख्यमन्त्री शाक्य – Kanika Khabar
Thursday, December 12Nepali News Portal

म पार्टी एकताको पक्षमा छु : मुख्यमन्त्री शाक्य

    मा प्रकाशित

भदौ ५, दाङ ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको बताउनुभएको छ । शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नेकपा एमाले रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी एकतालाई कमजोर बनाउने काम कसैले पनि गर्न नहुने तर्फ पनि सिंगो पार्टी पंक्तिको ध्यानाकर्षण गराउनुभयो ।

 

नेकपा एमालेकी उपाध्यक्ष समेत रहनुभएका शाक्यले आफू अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवैको साथ पाएर मुख्यमन्त्री भएको उल्लेख गर्दै बाहिर – बाहिर नेता नेपाललाई धोका दिएको भन्ने खालको गलत सन्देश दिएर पार्टिको एकतालाई कमजोर बनाउने काम नगर्न पनि आग्रह गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्