ओभर लोडले पुनः भासिदै लमही—घोराही सडक – Kanika Khabar
Sunday, March 3Nepali News Portal

ओभर लोडले पुनः भासिदै लमही—घोराही सडक

    मा प्रकाशित

शिवु खनाल
दाङ, ५ भदौ ।
कालोपत्रे मर्मत सम्पन्न गरेको लमही—घोराही जोड्ने सडक एकवर्ष नपुग्दै भासिन थालेको छ । सडकको दायाँ बायाँका केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक विभिन्न भाग भासिनुका साथै मर्मत गरिएको कालोपत्रे उप्किएको छ । गतवर्ष लमही—घोराही सडकखण्ड अन्र्तगत सडक मर्मत, कालोपत्रे र ठूला–ठूला खाल्डाहरू पुर्ने काम सम्पन्न भएको थियो । यस सडक खण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः नाला छेउका पर्खाल (वाल) पनि भत्किएका छन् । ठूला–ठूला खाल्डाहरू भएको कारण सवारी साधान संचालनमा समस्या उत्पन्न भएको सवारी चालकहरुको भनाई छ । सडक एक स्थानमा मात्रै नभइ, विभिन्न ठाउँमा भत्किने, घुम्तीहरुमा कालोपत्रे उप्किएर सडक जिर्ण बनेको छ । जस्ले गर्दा सवारी दुर्घटनाको जोखिम बढेको छ ।

आर्थिक वर्ष २०७६ र ७७ मा लमही—घोराही अन्र्तगत पर्ने २३ किलोमिटर सडक मर्मतको लागी सडक डिभिजन कार्यालय दाङले ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो । उक्त बजेटबाट भस्कीएको तिन किलोमिटर क्षेत्रमा पक्की वाल लगाउने, कालोपत्रे उप्किएको र दायाँ बायाँ नाला मर्मतको काम सम्पन्न भएको थियो भने सोह्र किलोमिटर सडक क्षेत्रको बिचमा भस्कीएको नाला मर्मत र खाल्डाखुल्डी पुर्ने काम भएको थियो । साेही बजेटबाट कालोपत्रे भएको सडककाे दायाँबायाँमा दर्जन भन्दा बढि पक्की वाल निर्माण गरिएको थियो । अहिले ती पक्की वाल भासिनुका साथै सडक छेउ छोडी कालोपत्रे उप्किएका छन् ।

लमही—घोराहीको मुख्य सडकमै ठूला–ठूला खाल्डाहरू हुँदासम्म मर्मतमा सरोकारवाला कसैको ध्यान गएको छैन । मुख्य सडकमै ठूला–ठूला खाडल परेका छन् । सोहीबाटो भएर दिनमा सयौँपटक ओहोर–दोहोर गर्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिहरु देखेको नदेख्यै गरी हिँड्ने गरेको पाइएको छ । (घोराही) जिल्ला सदरमुकाम र लमही जोड्ने मुख्य सडककै हालत यस्ता छन् भने गाउँ जाने सडकहरूको अवस्था झन् दयनी भएको लमही निवासी स्थानीय पवन रिजालले बताए । सडक निर्माण तथा मर्मतमा सरोकार वालाहरूले ध्यान नदिएका कारण यस्तो समस्या आएको रिजालको भनाइ छ ।

दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्ले सडक मर्मत कार्यलाई जतिसक्दो छिटो काम गर्नका लागि ताकेता गरेको बताए । उनले खाल्डाखुल्डी पुर्ने काम गराएरै छाड्ने दाबी गरे । सडक निर्माणलाई छिटो काम सम्पन्न गर्नका लागि आफूले दबाब दिँदै आएको कुरुम्वाङको भनाइ छ ।

यता सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी अमिर सुेबदीले ओभर लोडका कारण प्रत्येक वर्ष यस्तो समस्या आउने गरेको बताए । उहाँका अनुसार सडकको क्षमता भन्दा बढि सवारी साधनले ओभर लोड ढुवानी गर्ने गरेकोले प्रत्येक वर्ष यस्तो समस्या आउने र यात्रुहरुले सास्ती खेप्नु परेको बताए । चालु आर्थिक वर्षमा सडक मर्मतको लागी ३० लाख बजेट विनियोजन गरिएको छ । सडक मर्मतको काम सम्पन्न गर्ने गरी लागि परेकाछाँै । असोज महिनाको पहिलो हप्ताभित्र ठेकदारले उक्त सडक मर्मतको लागि कार्यादेश पाएपछि काम अगाडि बढ्ने सडक डिभिजन कार्यालय दाङका सुचना अधिकारी अमिर सुबेदीले भने ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्