क्रियाशील सदस्यताका विषयमा देउवा — पौडेलबिच छलफल – Kanika Khabar
Thursday, February 13Nepali News Portal

क्रियाशील सदस्यताका विषयमा देउवा — पौडेलबिच छलफल

    मा प्रकाशित

भदौ ५ दाङ ।
महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा नेपाली काङ्ग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।


क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सहमतिको खाका तयार गरेको जनाइएको छ । तीन नेता सम्मिलित समितिले आज शनिबार साँझ प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरेको हो ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । तर अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्