जंगली जनावरको सुकुटीसहित दाङमा दुईजना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

जंगली जनावरको सुकुटीसहित दाङमा दुईजना पक्राउ

    मा प्रकाशित

शिवु खनाल
दाङ, ६ भदौ ।
जङ्गली जनावरको सुकुटी सहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी ३२ वर्षिय दामोदर योगी रहेका छन् । उनिहरुको साथमा एक नाबालक बालिका समेत रहेकी छन् ।

शनिवार बेलुका १२ किलो सुकुटी र केही थान कुर्ता सुरुवालका कपडा सहित उनिहरुलाई राजपुर गाउँपालिका वडा नम्बर १ माररीखोला बाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

प्रवक्ता रिजालका अनुसार पक्राउ परेका गिरी, योगी र सुकुटीलाई आवश्यक अनुशन्धानका लागि डिभिजन वन कार्यालय देउखुरी लमहीमा बुझाउने र बरामद भएको कपडा भन्सार कार्यालयलाई बुझाउने तयारी भैरहेको छ ।

सुकुटी सहित पक्राउ परेका हेमराज गिरी बाल बिसौनी प्राथमिक विद्यालय पटौली नाकाका विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष समेत हुन ।

प्रहरीले नियन्त्रणमा लिएको सुकुटी जंगली जनावर हो या होइन भन्ने कुरा परिक्षण पछि मात्र पत्ता लाग्ने प्रहरीको भनाई छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्