लुम्बिनी प्रदेश : सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने एमालेलाई प्रदेश सचिवालयको जवाफ – Kanika Khabar
Tuesday, May 26Nepali News Portal

लुम्बिनी प्रदेश : सांसद शाही र वलीलाई पदमुक्त गर्न नमिल्ने एमालेलाई प्रदेश सचिवालयको जवाफ

    मा प्रकाशित

भदौ ६, दाङ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न माग गरिरहेको बेला लुम्बिनी प्रदेशसभा सचिवालयले सांसदद्वयलाई पदमुक्त गर्न नमिल्ने बताएको छ ।

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको भनी एमालेलाई पत्र दिइएको छ ।

प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण प्रदेश सभा सचिवालयमा बुझाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्