वामदेव गौतम एमालेमा नै रहेको स्पष्टिकरण – Kanika Khabar
Friday, April 19Nepali News Portal

वामदेव गौतम एमालेमा नै रहेको स्पष्टिकरण

    मा प्रकाशित

भदौ ६, काठमाडौँ ।
नेकपा एमालेको एउटा पक्षले नयाँ पार्टी निर्माण गरेपछि पार्टी भित्रै रहने वा पार्टी छोड्ने भन्ने बारेमा नेताहरु छलफलमा व्यस्त रहेका छन् । एमालेका नेताहरुका बिषयमा बिभिन्न टीका टिप्पणी आइरहदा आफुले पार्टी नछोडेको बारेमा पनि कतिपय नेताहरुले स्पष्टिकरण दिन सुरु गरेका छन् ।

यसैबीच,नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताउनुभएको छ । गौतमको सचिवालयले नेतागौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति ध्यानाकर्षण भएको भन्दै त्यस्ता प्रचारमा कुनै सत्यता नरहेको प्रस्ट पारेको छ ।

विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा गौतमको नाम जोडेर मन्त्री बन्नलागेको र नेकपा एकीकृत समाजवादी पार्टीमा गैसकेको भन्दै फोटो सहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन, गौतमका स्वकीय सचिव दीपक टमटाले भन्नुभएको छ । गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा एमालेको नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक भए पनि पार्टी छोडेको कुरामा सत्यता नभएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्