आज बजेटमाथि उठेका सवालको मन्त्रीहरुले जवाफ दिने – Kanika Khabar
Friday, March 29Nepali News Portal

आज बजेटमाथि उठेका सवालको मन्त्रीहरुले जवाफ दिने

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ ।
आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा उठेका सवालको आज मन्त्रीहरुले जवाफ दिने भएका छन् । संघीय संसदको प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको मन्त्रीहरुले जवाफ दिने कार्यतालिका छ ।
आज बिहान एघार बजे बैठक बोलाइएको छ । १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संसदमा छलफल भइरहेको छ । जेठ १८ देखि सांसदहरुले मन्त्रालयगत रुपमा बजेटबारे छलफल गरिरहेका छन् । लगातार तीन दिन विषयगत बजेटमाथि सांसदहरुले छलफल गरेका थिए । आज भने सांसदहरुले बजेटबारे उठाएको प्रश्नको जवाफ मन्त्रीहरुले दिँदैछन् । संसदको संभावित कार्यसूचीअनुसार, सबै मन्त्रीले सांसदहरुलाई जवाफ दिनेछन् । यसपछि विनियोजन विधेयकमा खर्च कटौती गरियोस् भनी २६ सांसदहरुले राखेको प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । विपक्षी दलका सांसदहरुले राखेको प्रस्ताव निणयार्थ प्रस्तुत गरेपछि अर्थमन्त्री खतिवडाले विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत गर्नु हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्