भदौ ६, दाङ ।
नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेको पदमा पदाधिकारी नियुक्त गरेको छ । केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला समन्वय समितिमा इन्चार्जहरु तोकेको हो ।
आज आइतबार बसेको माओवादी स्थायी समिति बैठकले केन्द्रीय समितिको निर्देशन अनुसार प्रदेश र जिल्ला समन्वय समितिमा इन्चार्ज तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठ जानकारी दिए ।
त्यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको प्रवक्ता श्रेष्ठले बताए ।
केन्द्रीय समितिका सदस्यहरु नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी पनि दिएको श्रेष्ठले बताए ।
जिल्ला समन्वय समितिका संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई दिइएको उनको भनाइ छ ।
बैठकले प्रदेश १मा पछि जिम्मेवारी तोक्ने गरी बाँकी ६ वटा प्रदेशमा जिम्मेवारी तोकेको हो।
प्रदेश इन्चार्ज
प्रदेश २ : गणेश साह
वागमती : हितमान शाक्य
गण्डकी : हितराज पाण्डे
लुम्बिनी : चक्रपाणी खनाल
कर्णाली : शक्तिबहादुर बस्नेत
सुदूरपश्चिम : खगराज भट्ट


