कोरोना सङ्क्रमण ७१ जिल्लामा – Kanika Khabar
Saturday, April 20Nepali News Portal

कोरोना सङ्क्रमण ७१ जिल्लामा

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ ।
रोल्पामा पनि सङ्क्रमित भेटिएपछि कोभिड १९ बाट प्रभावित जिल्लाको सङ्ख्या ७१ पुगेको छ ।
कोरोना सङ्क्रमितको संख्या हरेक दिन बढ्दै जान थालेको छ । पछिल्लो अद्यावधिकका अनुसार झण्डै ३५ हजार सङ्क्रमितको संख्या पुगेको छ । हिजो आइतबारसम्मको तथ्याङक अनुसार सङ्क्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । सबभन्दा धेरै सङ्क्रमित प्रदेश २ मा भेटिएको छ । त्यहाँ १ हजार १ सय ६१ सङ्क्रमित पाइएको छ । त्यसपछि प्रदेश ५ मा १ हजार ८१ जनामा सङ्क्रमण पाइएको छ । कर्णाली प्रदेशमा ६ सय ३३ जना सङ्क्रमित पाइएका छन भने प्रदेश १ मा २ सय ५९ बागमती प्रदेशमा ९२ गण्डकी प्रदेशमा १ सय ११ र सुदुरपश्चिम प्रदेशमा १ सय ११ जनामा सङ्क्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसख्या मन्त्रालयले दिएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्