इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा आर्सनल पराजित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीद्वारा आर्सनल पराजित

    मा प्रकाशित

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले आर्सनललाई पराजित गरेको छ ।

इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा चेल्सीले आर्सनललाई २–० गोल अन्तरले पराजित गरेको हो । चेल्सीलाई जिताउन रोमेलु लुकाकु र रीस जेम्सले एक/एक गोल गरे ।

जितसँगै चेल्सीले दुई खेलमा ६ अङ्क जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आर्सनलको यो लगातार दोस्रो हार हो । यस्तै, गएराति भएकाे अर्को खेलमा टोटेनह्यामले वुल्भस्लाई १–० गोल अन्तरले पराजित गरेको छ ।

अहिलेसम्म खेलेका दुई खेलमा दुवैमा जित निकाल्दै टोटेनह्याम तालिकाको चौथो स्थानमा छ । यस्तै, म्यानचेस्टर युनाइटेड र साउथह्याम्टनले भने एक/एक गोलको बराबरी गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्