मा प्रकाशित
भदौ ७, दाङ ।
नेकपा एमालेका तेस्रो धारका नेताहरु पार्टी एकताका लागि एमाले अध्यक्ष ओलीसँग छलफलमा जुटेका छन् । पार्टी विभाजनपछि माधवकुमार नेपालको साथ छोडेका तेस्रो धारका नेताहरुले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिरहेका छन् ।
अहिले उनीहरुबीच सोमबार बिहानदेखि छलफल जारी छ । पार्टी विभाजन अघि माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष भीम रावल र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले ओलीसँग छलफल गरिरहेका छन् ।


