तेस्रो धारका नेताहरु एमालेमै रहने – Kanika Khabar
Friday, April 19Nepali News Portal

तेस्रो धारका नेताहरु एमालेमै रहने

    मा प्रकाशित

भदौ ६, दाङ ।
अन्ततः एमालेका तेस्रो धारका नेताहरु एमालेमै रहने भएका छन् । आज सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा अध्यक्ष ओली र तेस्रो धारका नेताहरुबीच भएको थियो । छलफल सकरात्मक भएकाले बताउँदै उनीहरुले आफूहरु एमालेमै रहने बताएका छन् ।

सोमबारको छलफल सकरात्मक रहेको सो छलफलमा सहभागी स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले भने, ‘आजको छलफल सकरात्मक भएको छ । समग्र एकताको कुरा भएको छ । भोलिको बैठकमा हामी सबै सहभागी हुन्छौं । र सोही बैठकमा बाँकी कुरामा छलफल गर्दै अगाडि बढ्छौं ।’

सोमबार ओलीसँग छलफलका लागि उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिब घनश्याम भुसाल, सचिवहरु गोकर्ण विष्ट, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे बालकोट पुगेका थिए ।

तेस्रो धारका नेताहरुसँग सहमति जुटेपछि अध्यक्ष ओलीले मंगलबारका लागि स्थायी कमिटी बैठक बोलाएका छन् । तेस्रो धारका नेताहरु मंगलबार स्थायी कमिटीको बैठकमा सहभागी हुनेछन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्