दाङमा चितुवाको छाला सहित तीनजना पक्राउ – Kanika Khabar
Sunday, March 3Nepali News Portal

दाङमा चितुवाको छाला सहित तीनजना पक्राउ

    मा प्रकाशित

 शिवु खनाल

दाङ, ७ भदौ /

दाङमा प्रतिबन्धित वन्यजन्तु चितुवाको छाला सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत कोहलपुर देखि लमही तर्फ अवैध रूपमा चितुवाको छाला ओसार पसार भइरहेको सूचनाको आधारमा इलाका प्रहरी अमिलियाकाे संयुक्त टाेलीले प्रदेश ३-०१-०२३ च ७६३८ नम्बरको सेताे कारलाई चेकजाँच गर्ने क्रममा चितुवाको छाला सहित तीनजनालाई पक्राउ गरेको हाे ।

प्रहरीका अनुसार आईतवार कारकाे पछाडिको सिटमा गुलाबी खैराे रङको झाेला भित्र अवैध रूपमा वन्यजन्तु चितुवाको तीन थान छाला र अाेसार पसारमा संलग्न तीनजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । पक्राउ पर्नेमा बैतडी पाटन नगरपालिका वडा नम्बर ६ निवासी २० वर्षिय बिमल औजी, साेही ठाउँ निवासी २८ वर्षिय प्रदिपकुमार विक र साेही ठाउँ निवासी २० वर्षिय हेमन्त औजी रहेको प्रहरीले जनाएको छ ।

 

पक्राउ पर्नेबाट प्रहरीले प्रतिबन्धित चितुवाको छाला जस्तो देखिने (ठुलो) पुच्छर देखि टाउँकोसम्म ७ फिट ६ ईन्च लम्बाई र अगाडिको खुट्टाको बिचको भागको चौडाई ४ फिट ७ ईन्च भएको छाला १ थान, टाउको देखि पुच्छर सम्मको लम्बाई २ फिट ८ ईन्च तथा पुच्छर देखि टाउको सम्मको लम्बाई २ फिट भएको २ वटा साना गरि जम्मा छाला ३ थान छाला बरामद गरेको हाे । प्रदेश३-०१-०२३ च ७६३८ नम्बरको सुजुकी कम्पनिको सेतो रङकाे कार र स्यामसुङ् माेबाईल २ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्