पछिल्लो २४ घण्टामा दाङमा थप १० जनामा कोरोना पुष्टि , थप ५७ जना डिस्चार्ज – Kanika Khabar
Thursday, February 13Nepali News Portal

पछिल्लो २४ घण्टामा दाङमा थप १० जनामा कोरोना पुष्टि , थप ५७ जना डिस्चार्ज

    मा प्रकाशित

भदौ ७, दाङ ।
पछिलो २४ घण्टामा दाङमा थप १० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा ४५ जनामा पिसिआर परिक्षण गर्दा महिलापुरुष ५र५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेहरुमा घोराहीका ९ जना र तुलसीपुरका एक जना रहेका छन् । अहिले दाङ सकृय बिरामीको संख्या एक सय ४ जनामा झरेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

दाङमा आज ५७ जना कोरोना मुक्त भएका छन् । वितेको २४ घण्टामा घोराहीका ४१ जना, तुलसीपुर र लमहीका ८÷८ जना कोरोना मुक्त भएका हुन् । यसैगरी आज थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सकृय बिरामीहरु मध्य घरमा ८९ जना, अक्सिजन सहितको उपचारमा ३ जना र आईसियूमा १२ जना रहेका छन् । आज थपिएका सहित बैशाख यता दाङमा ८ हजार ८ सय १४ जनामा कोरोना पुष्टि भएको छ । ति मध्य ८ हजार ५ सय जना निको भएका छन भने २ सय ११ जनाको मृत्युभएको छ ।।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्