छिटै सभापतिको आधिकारिक उम्मेदवार टुङ्गो लगाऔँ : पौडेल पक्ष – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

छिटै सभापतिको आधिकारिक उम्मेदवार टुङ्गो लगाऔँ : पौडेल पक्ष

    मा प्रकाशित

भदौ ७, दाङ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पार्टीको वडा अधिवेशन सुरु हुनु अगाडी नै आफ्नो समुहको तर्फबाट समूहबाट साझा उम्मेदवार खोज्ने सहमति भएको छ । पौडेल पक्षका सभापतिका आकाङ्क्षी नेताहरु सहितको आजको बैठकले वडा अधिवेशन अगाडी नै सभापतिको साझा उम्मेदवार तय गर्ने सहमति भएको हो ।

छलफलमा वरिष्ठ नेता पौडेल सहित महामन्त्री डा. शशाङ्क कोइराला, नेताहरू प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा. रामशरण महत, बलबहादुर केसी, सुजाता कोइराला र डा. शेखर कोइराला लगायतका नेताहरू सहभागी भएका थिए । साझा उम्मेदवार तय गर्नका लागि निरन्तर छलफल गर्ने पनि नेताहरूका बिचमा सहमति भएको छ ।

काँग्रेसले आगामी ९ देखि १३ मङ्सिरसम्म केन्द्रीय महाधिवेशन गर्ने गरि मिति सारेको छ । यस्तै भदौ १८ गतेबाट तल्ला तहको अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।पौडेल समुहले यस अगाडी नै आफ्नो तर्फबाट सभापतिको उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको हो । यसैबीच, नेपाली काँग्रेस भित्रको क्रियासिल सदस्यताको विवाद भने अझै टुङ्गिएको छैन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्