भदौ ७, काठमाडौँ ।
सरकारले अफगानिसतानबाट उद्दार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । परिवार कल्याण महाशाखा अन्तर्गतको खोपशाखाका प्रमुख डा. झलक शर्मा गौतमले अफगानिस्तानबाट नेपाल आएका सबै नेपालीलाई भोलिबाट पालियोविरुद्धको खोप लगाउन थालिएको बताउनुभयो ।
उहाँले विश्व स्वास्थ्य संगठन अन्तर्गतकोइन्टरनेशनल हेल्थ रेगुलसनको सिफारिस आएपछि अफगानिस्तानबाट फर्किएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय भएको बताउनुभयो ।
उहाँका अनुसार छुटेका अरु नेपालीहरु जो घर फर्किइसकेका छन् उनीहरुलाई नजिकैको खोप केन्द्रमा गएर पोलियो खोप दिनु भनेर पत्राचार भइसकेको छ ।अफगानिस्तानमा पोलियोको सङ्क्रमण भएकाले फर्किएकालाई खोप दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।