एमालेले सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ गठबन्धनको आपत्ति – Kanika Khabar
Friday, April 26Nepali News Portal

एमालेले सभामुखलाई धम्की दिएको भन्दै सत्तारुढ गठबन्धनको आपत्ति

    मा प्रकाशित

भदौ ७, काठमाडौँ ।
सत्तारुढ गठबन्धनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभामुखलाई धम्क्याउने काम भएको भन्दै आपत्ति जनाएको छ ।माओवादी संसदीय दलको कार्यालयमा सत्तारुढ पाँच दलका प्रतिनिधि जम्मा भएर विज्ञप्ति जारी गर्दै आपत्ति व्यक्त गरेका हुन् ।

 

नेपाली काँग्रेसका सचेतक पुष्पा भुसाल, माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जसपाका सांसद प्रदीप यादव, जनमोर्चाका संसदीय दलका नेता दुर्गा पौडेल र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रमुख प्रतिपक्षी एमालेका सांसदले सभामुखलाई धम्की दिएको भन्दै आपत्ति जनाएका छन् ।एमालेका प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरीको नेतृत्वमा भदौ ३ र ४ गते एमालेका सांसदहरु सभामुखको कार्यकक्षमा गएका थिए ।

 

माधवकुमार नेपालसहित १४ जनालाई सांसद पदबाट मुक्त गरेको सूचना जारी गर्नका लागि सभामुखलाई दबाब दिन उनीहरू त्यहाँ गएका थिए । सत्तारुढ गठबन्धनले भने त्यसरी दबाब दिनु संसदीय मर्यादा विपरीत रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्