प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार – Kanika Khabar
Monday, May 11Nepali News Portal

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार

    मा प्रकाशित

भदौ ८, काठमाडौँ ।
एमालेबाट निस्किएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठनको घोषणा गरेको नेता माधवकुमार नेपाल समूहले पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार गरेको छ । नेता नेपालले तयार गर्नुभएको घोषणा पत्र र अन्तरिम विधानमा काठमाडौंको चन्द्रागिरीस्थित एक रिसोर्टमा छलफल भइरहेको छ ।

नेता मेटमणी चौधरीका अनुसार घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ । बैठकमा नेता नेपालसहित ४६ जना सदस्य छन् ।

हिजो एक्कासी निर्णय भएकाले अरु सदस्य जाने क्रम आज पनि चल्ने चौधरीले जानकारी दिनुभयो । आज अरु सदस्य पुगेपछि थप छलफल गरेर भोलि सबैजना एकैपल्ट निर्वाचन आयोगमा जाने तयारी भएको उहाँले बताउनुभयो ।

निर्वाचन आयोगले नेपाल नेतृत्वको पार्टीलाई सनाखतका लागि भोलि आयोगमा बोलाएको छ । बिहान साढे ११ देखि दिउँसो २ बजेभित्र सनाखतका लागि केन्द्रीय कमिटी सदस्य र सांसदको सनाखत हुनेछ । त्यसका लागि सबै नेता एकै ठाउँमा बसेर भोलि आयोगमा जाने भएका हुन् ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि गत बुधबार नेकपा एमालेबाट अलग भएको नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दर्ता गराएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्