१४ औँ लोकतन्त्र दिवस : फर्केर हेर्दा जनआन्दोलन – Kanika Khabar
Friday, April 26Nepali News Portal

१४ औँ लोकतन्त्र दिवस : फर्केर हेर्दा जनआन्दोलन

    मा प्रकाशित

निका डेस्क
बैशाख ११, दाङ ।

०६२÷०६३ को जन आन्दोलनको बलमा लोकतन्त्रको स्थापना भएको आज १४ वर्ष पुगेको छ । विगतका वर्षमा झैं यसपालिको लोकतन्त्र दिवसमा औपचारिक कार्यक्रम नभए पनि राजतन्त्रको अन्त्य भई मुलुक लोकतान्त्रिक शासन व्यवस्थाको सुरुआत भएको दिनका रुपमा आजको दिनले महत्त्व राख्दछ । १९ औँ दिनसम्म मुलुकमा तत्कालीन राजतन्त्रका विरुद्धमा आन्दोलन भएको थियो ।

२०६३ बैशाख ५ गते वन महासंघ र जनतातिको नेतृत्वमा भएको विरोध सभा (फाइल तस्वीर)

यसैक्रममा देशव्यापीरुपमा भएको आन्दोलन झै दाङको आन्दोलनलाई पनि लोकतन्त्र स्थापनाका लागि निकै महत्वका साथ हेरिएको थियो ।

२०६३ बैशाख ५ गते थारु कल्याणकारीण्ी सभा विरोध सभामा सहभागि हुदै (फाइल तस्वीर)

विशेष गरेर राप्ती अञ्चल तत्कालीन माओवादी पार्टीको उद्गमस्थल भएका कारण पनि राप्तीको केन्द्र दाङको आन्दोलनले खेल्ने भूमिकालाई निकै महत्वका साथ लिइएको थियो । त्यतिबेला विभिन्न दिनमा विभिन्न संस्थाको आयोजनामा आन्दोलन गरिएका थिए ।

२०६३ बैशाख ५ गते थारु विरोध सभामा सहभागि विभिन्न दल तथा नागरीकहरु (फाइल तस्वीर)

०६२÷०६३ को दाङमा भएको जन आन्दोलनका केही तस्वीरहरु यहाँ राखिएको छ । यी तस्वीरहरु नै आफै बोल्छन् कि लोकतन्त्रको स्थापनाका लागि नागरिकले खेलेको भूमिका कति महत्वपूर्ण थियो ।

२०६३ बैशाख ७ गते विभिन्न संघसंस्थाको नेतृत्वमा भएको विरोध सभा (फाइल तस्वीरहरु)

२०६३ बैशाख ७ गते नेपाल शिक्षक संघ विरोध सभामा सहभागि हुदै (फाइल तस्वीरहरु)

राज्यको शासन व्यवस्थालाई २ सय ४० वर्षसम्म शासन चलाएको राजतन्त्रबाट जनताको नेतृत्वमा लिनका लागि गरिएका त्याग र समर्पणले आज सोचेजस्तो न्याय पाउन सकेका छैनन् ।

२०६३ बैशाख ९ गते विभिन्न महिला संघका नेतृत्वमा भएको विरोध सभा (फाइल तस्वीरहरु )

२०६३ बैशाख ९ गते विभिन्न महिला संघका नेतृत्वमा भएको विरोध सभामा सहभागिहरु (फाइल तस्वीर )

२०६३ बैशाख ९ गते विभिन्न महिला संघका नेतृत्वमा भएको विरोध सभामा सहभागिहरु (फाइल तस्वीर )

आन्दोलनको बेला दलका नेताले गरेको प्रतिवद्धतालाई अहिले कतै अँध्यारो कुनामा फ्याँकिएको छ र सत्ताका लागि नेताहरु मरिमेटेका छन् ।

२०६३ बैशाख १० गते नागरिक समाजको नेतृत्वमा भएको विरोध सभाका केही फाइल तस्वीरहरु

 

 

 

 

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्