कपिल लामिछाने
जेठ २६, दाङ ।
गएराति अन्दाजी रातको १२ बजेतिर अज्ञात समूहहरुबाट छरछरे खानेपानी तथा सरसफाइ समितिमा राखिराखेको पाईपहरुमा आगजनी भएको छ ।
रातिको समयमा गरिएको आगजनी कसले के कारणले आगजनी गरेको हो भन्ने बारेमा खोजी कार्य भइरहेको बेलझुण्डी अस्थायी प्रहरी पोष्टका इन्चार्ज बलिराज शाहीले जानकारी दिए । गएराति स्थानीय, समितिका पदाधिकारी, र अस्थायी प्रहरी बिटबाट गएका प्रहरीहरुको सहयोगमा करिब २ पछि आगो नियन्त्रणमा आएको थियो । आगजनी भए लगत्तैबाट खानेपानी समितिका पदाधिकारी, स्थानीय, र प्रहरीहरुको प्रत्यक्ष सहभागितामा त्रिपक्षीय छलफल भइरहेको छ । घोराही तुलसीपुर सडक खण्डदेखि करिव ५ सय मिटर दक्षिणमा रहेको उक्त खानेपानी भवनमा राखिएको करिव ६ लाख ५६ हजार ६ सय ४१ रूपैयाँ बराबरको पाइप पूर्ण रुपले जलेर नष्ट भएको छरछरे खानेपानी तथा सरसफाइ समितिका सचिव शंकर नेपालीले जानकारी दिए ।
मा प्रकाशित