दाङका स्थानीय निकाय : बेरुजुको चाङ, कुन पालिकामा कति बेरुजु ? – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङका स्थानीय निकाय : बेरुजुको चाङ, कुन पालिकामा कति बेरुजु ?

    मा प्रकाशित

भदौ ८, दाङ ।
दाङका स्थानीय निकायमा बेरुजुको चाङ लागेको छ । जिल्लाका केही स्थानीय तहको बेरुजु रकम सुधारोन्मुख देखिए पनि अधिकांश पालिकामा बेरुजुको चाङ लोको छ । महालेखा परीक्षणणको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा दाङका दश स्थानीय तहमा एक अर्ब ५४ करोड २२ लाख ३४ हजार रुपैयाँको बेरुजु देखाएको हो ।

घोराही उपमानगरपालिका : घोराही उपमानगरपालिकाको ३० करोड ९७ लाख बेरुजु रहेको छ । बेरुजु रहेको रकममध्ये पेश्की बेरुजु ६ लाख रूपैयाँ छ । उपमहानगरपालिकाको यस वर्षको बेरुजु ११ करोड १२ लाख रूपैयाँ छ । यस वर्षको बेरुजु प्रतिशतमा २।८१ छ । घोराही उपमहानगरपालिकामा ३ अर्ब ९ ५ करोड २५ लाख रकमको लेखा परीक्षण गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका : तुलसीपुर उपमहानगरपालिकामा ३३ करोड ६८ लाख बेरुजु रहेको छ । बेरुजुमध्ये पेश्की बेरुजु १५ लाख रूपैया छ । यस वर्षको बेरुजु १३ करोड ७० लाख रूपैयाँ थप भएको छ । यस वर्षको बेरुजु प्रतिशतमा ३ दशमलव ७३ प्रतिशत रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । यस उपमहानगरपालिकामा ३ अर्ब ६७ करोड १९ लाख रकमको लेखापरीक्षण गरिएको थियो ।

 

लमही नगरपालिका :  दाङका पालिका मध्य सबैभन्दा धेरै बेरुजु देखिनेमा लमही नगरपालिका रहेको छ । यस पालिकाको १६ करोड ५८ लाख ८२ हजार रुपैयाँ बेरुजु देखिएको छ । जुन १४ दशमलव १२ प्रतिशत हो । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले बेरुजु कटाउन कागजपत्र पेश गरिए पनि रकम कट्टा नहुँदा यस वर्ष बेरुजुको रकम धेरै देखिएको हुन सक्ने बताउनुभयो ।

बबई गाउँपालिका : सबैभन्दा थोरै बेरुजु बबई गाउँपालिकाको छ । बबई गाउँपालिकाको ७२ लाख ३९ हजार बेरुजु देखिएको छ । जुन शून्य दशमलव ८९ प्रतिशत मात्रै हो । बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बेरुजु रकम घटाउन योजनाबद्धरुपमा काम अघि बढेको प्रतिक्रिया दिनुभएको छ ।

गढवा गाउँपालिका : गढवा गाउँपालिकामा चार करोड २६ लाख २९ हजार बेरुजु रकम छ । जुन चार प्रतिशत हो ।

दंगीशरण गाउँपालिका : दंगीशरण गाउँपालिकाको एक करोड ७९ लाख १५ हजार छ । जुन ३ दशमलव ०६ प्रतिशत हो ।

बंगलाचुली गाउँपालिका : बंगलाचुली गाउँपालिकामा छ करोड ५३ लाख ८३ हजार छ । जुन ५ दशमलव ६१ प्रतिशत हो ।

राजपुर गाउँपालिका : राजपुर गाउँपालिकाको चार करोड ८१ लाख ३७ हजार रुपैयाँ छ । जुन छ दशमलव ४० प्रतिशत हो ।

शान्तिनगर गाउँपालिका   : शान्तिनगर गाउँपालिकाको एक करोड ७६ लाख ९४ हजार रुपैयाँ छ । जुन एक दशमलव ९३ प्रतिशत हो ।

राप्ती गाउँपालिका : राप्ती गाउँपालिकामा दुई करोड ९१ लाख ३६ हजार रुपैयाँ छ । जुन दुई दशमलव ६५ प्रतिशत हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्