दाङमा बलात्कार गर्न खोजेको अरोपमा एक जना पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा बलात्कार गर्न खोजेको अरोपमा एक जना पक्राउ

    मा प्रकाशित

८ भदौ, दाङ ।
दाङमा बलात्कार गर्न खोजेको अरोपमा एक जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपि श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका ९ सिउपुर निबासी ३५ बर्षका कासीराम वली रहेका छन् । आरोपीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।

गएको साउन २१ गते राति ८ बजे वलीले एक्लै भएको मौका छोपेर बलात्कार गर्न खोजे पनि प्रतिकार गरेर जोगीएको भन्दै पिडित ३३ बर्षकी महिलाले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि प्रहरीले आरोपीलाई पक्राउ गरेको हो ।

आरोपी, पिडित पक्ष र गाउँका भद्रभलादमी बसेर घटना मिलाएपनि अन्तत्वगत्वा घटना प्रहरी सम्म आइपुगेको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपि अर्यालले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्