कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन संसदीय समितिको निर्देशन

    मा प्रकाशित

भदौ ८, दाङ ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउनसरकारलाई निर्देशन दिएको छ । आज बसेको समितिको बैठकले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
समिति सभापति जयपुरी घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिइएको बताउनुभयो । कोरोना सङ्क्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएको थियो ।

समितिले कोभिड खोपको अभावमा विद्यार्थीहरू परीक्षामा सामेल हुन नसक्ने अवस्था आउन नदिनसमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सचेत गराएकोसभापति घर्तीले जानकारी दिनुभएको छ ।विद्यार्थीहरू खोप नलगाउने, छुट्ने र परीक्षामा सहभागी हुन नपाउने अवस्था आउन नदिन थप सचेत रहन समेत मन्त्रालयलाई समितिले निर्देशन दिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्