डिभिजन वन कार्यालय देउखुरीकाे सफलता : अवैध रुपमा कटान गरिएका काठहरु धमाधम बरामद – Kanika Khabar
Friday, March 1Nepali News Portal

डिभिजन वन कार्यालय देउखुरीकाे सफलता : अवैध रुपमा कटान गरिएका काठहरु धमाधम बरामद

    मा प्रकाशित

 शिवु खनाल

दाङ, ९ भदौ /

डिभिजन वन कार्यालय दाङ, (देउखुरी) लमहीले वन क्षेत्रमा हुने अवैध काठ ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न वनमा गस्ती टोली बढायो । देउखुरी क्षेत्रमा रहेका विभिन्न सामुदायिक वन जंगलमा हुनसक्ने चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती टोली परिचालन ग¥यो ।

सामुदायिक वन समूहमा वन रक्षकहरुले गस्ती गरिररहेका छन् । गस्ती कार्यलाई थप कडाइ गरिएको डिभिजन वन कार्यालय दाङ, (देउखुरी) लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले बताउनुभयो । वनको सक्रियता बढेसंगै देउखुरी क्षेत्रबाट अवैध रुपमा कटान गरिएका काठहरु धमाधम बरामद हुन थालेका छन् ।

No description available.

रिपोर्ट नं. १—अवैध रुपमा विभिन्न जातका काठ ओसारपसार गर्दागर्दै देउखुरीबाट डिभिजन वन कार्यालय देउखुरी लमहीले दुईजना व्यक्ती सहित काठका गोलीया बरामद ग¥यो । काठ ओसार पसार गरिरहेको भन्ने सुचना आधारमा खटिएको गस्ती टोलिले चेकजाँच गर्ने क्रममा लमही नगरपालिका वडा नम्बर ८ गिधनियाबाट रा १ त ४२९८ नम्बरको टेक्टरमा गत बुधबार राति ८ बजे सिमल जातको ५६.४२ क्युफिट गोलिया काठ सहित घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नी निवासी ३६ वर्षिय टेक्टर (चालक) खुसिराम चौधरीलाई पक्राउ गरेको डिभिजन वन कार्यालय देउखुरी लमहीका सुचना अधिकृत प्रेमीलाल प्रसाद शाहले जानकारी दिनुभयो । उहाँको अनुसार रात १ त ४२९८ नम्बरको टक्टरमा विभिन्न नाप साईजको टाँचा निशानी नलागेको अवैध सिमल जातको ५ थान गोलिया को ५६.४२ क्युफिट पक्राउ गरि थप कार्वाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

रिपोर्ट नं.२—वन कार्यालयले गत बिहिवार पश्चिमबाट पूर्वतर्फ जादै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअपमा लोड गरिएको अवैध सालको एकसय ११ थान (४६.४४ क्युफिट) चिरान काठ सहित राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी ३१ वर्षिय (चालक) केशव विकलाई सिसहनियाँबाट नियन्त्रणमा लियो । पक्राउ परेको काठ वन कार्यालयको नियन्त्रणमा रहेको र थप अनुसन्धान गरि कार्वाहीको प्रक्रिया अगाडि बढाइएको छ ।

 

No description available.

रिपोर्ट नं.३—जङ्गली जनावरको सुकुटी सहित देउखुरीबाट पक्राउ परेको दुईजनालाई हिरासतमा राखेर अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको डिभिजन वन कार्यालय दाङ ( देउखुरी) लमहीले जनाएको छ । इलाका प्रहरी कार्यालय गढवाले राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष ४६ का हेमराज गिरी र घोराही उपमहानगर पालिका वडा नम्बर ११ निवासी ३२ वर्षीय दामोदर योगीलाई गत शनिवार बेलुका साढे ६ बजे बाह्र किलो सुकुटी र केही थान कुर्ता सुरुवालका कपडा सहित राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोला बाट नियन्त्रणमा लिइ आवश्यक कार्वाहीको लागी डिभिजन वन कार्यालय दाङ (देउखुरी) लमहीलाई बुझाएको थियो ।

रिपोर्ट नं. ४—देउखुरीको एक सामुदायिक वनका पदाधिकारीले आफूखुशी रुख कटान गरि घाटगद्दी गरेका गरे । राजपुर गाउँपालिका वडा नम्बर ५ स्थित मैनेहवा सामुदायिक वनका अध्यक्ष अम्मरबहादुर बोहरा लगायतका पदाधिकारीले कानुन विपरित साल, अस्ना, टिक्कै, सतिसाल लगायतका ९ वटा रुखहरु काटि ४ सय ८४ क्युफिट गोलिया बनाएर घाटगद्दी गरेको छ । अवैध तरिकाले काटिएको काठ अहिले वन कार्यालयले बरामद गरि अनुशन्धान प्रक्रिया अगाडी बढाएको प्रमुख सुबेदीले जानकारी दिनुभयो । जंगल क्षेत्रमा अरु पनि रुख काटिएको भन्ने खबर पाएकोले वन कार्यालयका कर्मचारी र प्रहरीले खोजतलाश गरि रहेको सुचना अधिकारी प्रेमीलाल प्रसाद साहले जानकारी दिनुभयो ।

रिपोर्ट नं. ५— वन कार्यालयले सोमबार राति आठ बजे गढवा गाउँपालिका वडा नम्बर ६ मतपुर स्थित अवैध रूपमा काठ ओसार पसार हुदैछ भन्ने गोप्य सुचना अनुसार मतपुरबाट गढवा तर्फ आउदै गरेको लु ४ त २६१५ नम्बरको टेक्टरमा रा ५ प ९०८९ नम्बरको मोटरसाईकलले स्कटिङ् गर्दै गरेको अवस्थामा फेला पारी चेकजाँच गर्ने क्रममा गोलिया १ थानको २.३१ क्युफिट, चिरान ८ थानको गोलिया आयतन ११.२० गरि जम्मा १३.५१ क्युफिट अवैध काठ बरामद ग¥यो । वन कार्यालयले गढवा गाउँपालिका वडा नम्बर ६ झिगह बनकट्टी निवासी २८ वर्षिय सद्दाम मुसलमान, सोही ठाउँ निवासी १९ वर्षिय खालिक मुसलमान र राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका निवासी २८ अन्नु मुसलमानलाई पक्राउ गरि आवश्यक कार्वाहीको लागि प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्