नेकपा माओवादीको प्रवक्तामा महरा – Kanika Khabar
Tuesday, September 22Nepali News Portal

नेकपा माओवादीको प्रवक्तामा महरा

    मा प्रकाशित

भदौ ९, दाङ
नेकपा माओवादी केन्द्रले पार्टी प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरालाई दिएको छ । त्यस्तै पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी समेत महरालाई दिइएको छ।

माओवादीले भदौ ६ मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको परिपत्रमा महरालाई जिम्मेवारी दिइएको उल्लेख गरिएको छ । फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीलाई पुनः अस्तित्वमा ल्याइदिएपछि नेता नारायणकाजी श्रेष्ठले माओवादीमा प्रवक्ताको भूमिका निर्वाह गदै आउनुभएको थियो ।

पछिल्लो समय श्रेष्ठ यो भूमिकाबाट अलग हुन चाहेको बताउदै आउनुभएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्