कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप ४४ जनाको मृत्यु

    मा प्रकाशित

भदौ ९, काठमाडौँ ।
कोरोनाभाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आज बढेको छ । आज थप ४४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै १ हजार ७८१ जना निको भएका छन् । यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा सङ्क्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्