नयाँ प्रबिधि सहितको प्रभावकारी सेवा प्रदान गर्दै ‘लमही अस्पताल’ – Kanika Khabar
Thursday, April 25Nepali News Portal

नयाँ प्रबिधि सहितको प्रभावकारी सेवा प्रदान गर्दै ‘लमही अस्पताल’

    मा प्रकाशित

शिवु खनाल

भदौ १० दाङ ।

कुनै बेला सहज उपचार नपाएर नेपालगञ्ज, काठमाडौं र भारतको लखनऊ धाउने विरामीहरु लमही अस्पतालमै विशेषज्ञ सेवा लिन थालेका छन् । अस्पतालको सेवा प्रभावकारी नभएको आरोप लाग्ने गरेको थियो । तर लमही अस्पतालले प्रभावकारी स्वास्थ्य सेवाप्रदान गर्दै आएको छ । पछिल्ला समय यता अस्पतालमै पुगेर उपचार गर्ने विरामीहरुको संख्यामा भने बढ्दै गएको छ ।

 

अस्पतालले विशेषज्ञ डाक्टर सेवासँगै नियमित स्वास्थ्य सेवालाई प्रभावकारी र व्यवस्थित बनाउँदै लगेको छ । देउखुरी क्षेत्रकै केन्द्र विन्दु मानिने एक मात्र पन्ध्र शैयाको लमही अस्पतालले प्रभावकारी स्वास्थ्य सेवा प्रदान दिन थाले पछि देउखुरीमै प्रभावकारी स्वास्थ्य सेवा पाउँन थालेकाछन् । अस्पतालमा शल्यकृया गरेर सुत्केरी गराउने सेवा बढ्दै गएको र शल्यकृया तथा बिरामीलाई परामर्श दिदै आएको छ । अस्पतालको शल्यकृया वार्डमा आधुनिक बेड, लाईट, शल्यकृया मेसिन जडान गर्नुका साथै सल्यकृया गर्न चाहिने आधुनिक सामग्रीहरु जडान गरेको छ ।

 

स्वास्थ्य सेवा प्रवाह गर्दा बिरामी र उपचारमा संलग्न चिकित्सकलाई सहज होस् भनेर थप आधुनिक उपकरण सहितको सेवा थप गरिदै आएको लमही अस्पतालका मेडिकल सुपरिटेण्डेन रञ्जिता महतोले बताउनुभयो । अस्पतालको व्यवस्थापन देखि आधुनिक उपकरण सहितको सहज र सरल स्वास्थ्य सेवा प्रवाह गर्न आफ्नो टिम कटिबद्ध रहेको उहाँले बताउनुभयो ।

 

बिरामीको अवस्था हेरेर अस्पतालले सहुलियत समेत प्रदान गर्दै आएको समेत उहाँले बताउनुभयो । ‘हामीले दिदै आएको अन्य स्वास्थ्य सेवाहरु नियमित नै छन् ।’ वर्षौ देखि सुत्केरी सेवामा समस्या देखिए पनि जिल्ला बाहिर गएर उपचार गर्न नसक्ने अवस्था भएका विरामीलाई सेवा तथा उपकरण विस्तारसँगै अस्पतालले शल्यकृयाद्वारा सुत्केरी सेवा प्रदान गर्न थालेपछि उक्त सेवा लिन बाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ । बिरामीको स्वास्थ्य अवस्था र आर्थिक समस्याका कारण पनि उनलाई जोगाउनुपर्ने दायित्व बोध गर्दै जटिल समस्या भएका बिरामीलाई समेत सेवा दिदै आएको अस्पतालले जनाएको छ । अस्पतालको रेकर्डअनुसार गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा मात्रै ८० प्रतिशत विरामीहरु वेड भर्ना भएर सेवा लिएका छन् । अस्पतालमा भर्ना भइ उपचार लिएका करिव ९५ प्रतिशत विरामीहरु निको भएर घर फर्केन गरेको अस्पतालले जनाएको छ ।

 

भिडियो र डिजिटल एक्सरे सेवा सुरु लमही नगरपालिकासंग समन्वय र सहकार्य गरी डिजिटल मेशिन र ल्याब शाखामा फुल्ली अटोमेटिक बायोकेमिष्ट्री तथा इलेक्ट्रोदाइट एनलाइजरको व्यवस्था गरी संचालनमा ल्याएको छ । साथै गत जेठ दुइगते देखि २४ सैँ घण्टा एक्सरे सेवा लमही अस्पतालमा संचालनमा आएको छ । लमही अस्पतालमा बुधवार देखि लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या मन्त्रालय तथा प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र, लुम्बिनी प्रदेश बुटवल र निक साइमन्स ईन्सीच्यूटसंगको सहकार्यमा लमही अस्पतालबाट दुईवटा डिभियो एक्सरे सेवा सुचारु भएको छ । अस्पताल व्यवस्थापन तथा सञ्चालन समिति अस्पताल व्यवस्थापन तथा संचालन समितिको आवश्यकता अनुसार नियमित बैठक, अस्पतालको समस्या, सेवा सुबिधा भौतिक पूर्वधार, औषधी तथा औषधी जन्यको व्यवस्थापन जस्ता विषयमा छलफल निर्णय, निर्णय पश्चात् छिटो छरितो निर्णय कार्यान्वयन भएको छ ।

 

स्वास्थ्य विमा कार्यक्रम विगतको समयमा रोकिएको स्वास्थ्य विमा कार्यक्रम समितिको निर्णय अनुसार गत जेठ महिना देखि प्रभावकारी रूपमा सञ्चालनमा आएको छ । उक्त कार्यक्रमको फोकल पर्सन तोकि प्रभावकारी रूपमा अभिलेखिकरण गरिएको र मिति ०७८/२देखि ०७८/४ गतेसम्म एकसय १२ जनालाई स्वास्थ्य विमा कार्यक्रम मार्फत सेवा प्रदान गरियो । मेडिको लिग्ल सेवा संचालन केहि समय सम्म रोकिएको मेडिको लिग्ल सेवा मिति ०७८जेठ देखि संचालनमा ल्याएर विभिन्न केसहरूको चेकजाँच गरि उचित ढंगले अभिलेखिकरण भइरहेको छ । ०७८/२/२० गते देखि ०७८/५ गते सम्मको तथ्यांक हेर्दा अहिलेसम्म २९ जना घाउ जाँच, ५४ जनाको पोष्टमार्टम र १७ जनाको जबर्जस्ती करणीको चेकजाँच गरिएको अस्पतालको तथ्याङ्कमा रहेको छ ।

 

जनशक्ति व्यवस्थापन अस्पतालले थप सेवा सुबिधा र कतिपय २४ सै घण्टा सेवा संचालन गर्ने कठिनाइ भएकोले सेवा प्रवाहमा छिटो—छरितो ल्याउनका लागि करारमा केही जनशक्तिको व्यवस्थापन गरिएको छ भने, अरू थप आवश्यक जनशक्तिको व्यवस्थापन आर्थिक वर्ष ०७८/०७९ मा गर्ने योजनामा रहेको अस्पतालले जनाएको छ । यस्तै नगरपालिकाबाट केही जनशक्तिको व्यवस्थापन भएको छ । लमही अस्पतालमा विविध सुधार सर्पदंश उपचार केन्द्र सञ्चालनमा आए देखि नगरपालिकाबाट खटाइएका थव जनशक्ती र यस अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई नगरपालिकाले दुईदिने तालिमको व्यवस्था गरि सर्पको टोकाइबाट आएका विरामीलाइ उपचारमा उचित तरिकाले चेकजाँच तथा व्यवस्थापन गरिएको छ । सर्पदंश उपचार केन्द्रको भवनामा अन्तरङ् सेवा छुट्टै जनशक्तीबाट संचालन गरी सेवाग्राहीलाई सचित व्यवस्थापन तथा सेवा प्रवाहमा छिटो छरितो ल्याइएको छ भने (कोभिड १९) रोग विरुद्धको खोप केन्द्रको उचित व्यवस्थापन गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्