काठमाडौँमा भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने – Kanika Khabar
Thursday, April 18Nepali News Portal

काठमाडौँमा भोलिदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

    मा प्रकाशित

भदौ १०, काठमाडौँ ।
काठमाडाँैमा भोलिदेखि आइतबारसम्म कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ५० वर्ष वा त्यो भन्दामाथिका समूहका सबैलाई दोस्रो मात्रा दिन लागिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसारसरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्ति तथा खोप अनिवार्य गरिएका देशमा जाने नेपालीलाई पनि भेरोसेलको दोस्रो मात्रामा खोप दिइनेछ ।

 

यस्तै विश्वविद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी सार्वजनिक गाडीका चालक र सहचालकले पनि खोप लगाउन पाउने छन् । काठमाडौँका सबै पालिकामा १ सय ४६ खोप केन्द्रका राखिएको छ । यस्तै काठमाडाँै महानगरपालिकामा बस्नेका लागि भन्दै थप आठ खोप केन्द्र थपिएका छन् । राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा पुगेर खोप लगाउन सकिनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्