नुवाकोटमा कोरोना सङ्क्रमित घट्दै – Kanika Khabar
Wednesday, September 16Nepali News Portal

नुवाकोटमा कोरोना सङ्क्रमित घट्दै

    मा प्रकाशित

रामहरी न्यौपाने
भदौ १०, नुवाकोट ।
नुवाकोटमा कोरोना सङ्क्रमितको दर पछिल्लो समय निरन्तर घट्दै गएको छ । अहिले नुवाकोटमा सङ्क्रमित भन्दा निको हुने सङ्ख्या बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

हाल जिल्लामा सक्रिय सङ्क्रमित ४ सय १ जना रहेकोजिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिनुभयो ।उहाँको अनुसार गत २४ घण्टामा नुवाकोटमा ३० जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका छन् भने ५० जना सङ्क्रमणबाट मुक्त भएका छन् ।विदुर नगरपालिका २० जना नयाँ सङ्क्रमित थपिएका छन् भने जिल्लाको तादी गाउँपालिकामा ३, म्यागङ र लिखु गाउँपालिकामा २–२ जना थपिएका छन् ।

बेलकोटगढी नगरपालिका सहित ककनी र तारकेश्वर गाउँपालिकामा १–१ जना कोरोनाको नयाँ सक्रमित थपिएका छन् ।यो सहित नुवाकोटमा हालसम्म कोरोना सङ्क्रमित पुष्टि हुनेको कुल सङ्ख्या ७ हजार ७ सय ८४ पुगेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्