अफगानिस्तान छाड्नका लागि १० हजार नागरिक विमानस्थल पुगेको अमेरिकी दाबी – Kanika Khabar
Monday, May 25Nepali News Portal

अफगानिस्तान छाड्नका लागि १० हजार नागरिक विमानस्थल पुगेको अमेरिकी दाबी

    मा प्रकाशित

एजेन्सी ।
अफगानिस्तानको राजधानी काबुलमा रहेको विमानस्थलमा अझै पनि १० हजार नागरिक पुगेको अमेरिकाले दाबी गरेको छ । विमानस्थल पुगेका १० हजारले काबुल छाड्ने कोशिस गरेको अमेरिकाले दाबी गरेको हो ।

अमेरिकी अधिकारी मेजर जनरल हैंक टेलरले धेरै भन्दा धेरै मानिसलाई सुरक्षित तरिकाले बाहिर निकाल्न आफुहरु केन्द्रीत भएको बताउनुभयो । उहाँका अनुसार हिजो मात्रै ४२ अमेरिकी सैन्य विमानले ११ हजार २ सय अमेरिकी र ४८ सहयोगी देशका ७ हजार ८ सय नागरिकलाई अफगानिस्तानबाट बाहिर निकालेको छ ।

अमेरिकालाई अफगानिस्तानबाट फर्कन ३१ अगष्ट अर्थात आउँदो मंगलबारसम्मको समय दिइएको छ । यसैबीच तालिवानले अफगान कलाकृति र अमेरिकी डलर अफगानिस्तानबाट बाहिर लैजान रोक लगाएको छ । तालिवान प्रवक्ताले अमेरिकी डलर वा अफगान कलाकृति बाहिर लैजान लागेको भेटिए कानुन अनुसार कारवाही हुने चेतावनी दिएका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्