विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख नाघ्यो – Kanika Khabar
Friday, February 14Nepali News Portal

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख नाघ्यो

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ ।

विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ ।

जसमध्य अमेरिकामा सबैभन्दा बढी १९ लाख ४२ हजार ३६३ संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार ७५८ संक्रमित फेला परेका छन् । रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख दुई हजार ८५२ पुगेको छ । सबै भन्दा बढि अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५१४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४५५ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४४० संक्रमित निको भएर घर फर्किसकेका छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्