प्रदेश १ को मुख्यमनत्रीमा भीम आचार्य – Kanika Khabar
Monday, May 11Nepali News Portal

प्रदेश १ को मुख्यमनत्रीमा भीम आचार्य

    मा प्रकाशित

भदौ १०, दाङ ।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका सचिव भीम आचार्य नियुक्त भएका छन् । आचार्यले आजै पद तथा गोपनियताको शपथ लिएका छन् ।

९३ सदस्यीय प्रदेशसभामा एमालेका प्रष्ट बहुमत (५२ सांसद) भएकाले प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले संविधानको धारा १६८ (१) अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका छन् ।

 

मुख्यमन्त्री नियुक्त भएसँगै आचार्यले आफ्नै पार्टीको बहुमत जुटाउने दाबी गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा हाल एमालेको ५२ अर्थात प्रष्ट बहुमत छ । ६ भन्दा बढी एमाले सांसद एकीकृत समाजवादीतिर गए आचार्य अल्पमतमा पर्नेछन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्