नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण देखियो, २६ जनाको मृत्यु – Kanika Khabar
Monday, May 11Nepali News Portal

नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण देखियो, २६ जनाको मृत्यु

    मा प्रकाशित

भदौ १०, दाङ ।
नेपालमा थप २ हजार ४ सय ३३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४ हजार ३ सय ७४ कोरोना परीक्षण गर्दा थप २ हजार ४ सय ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या ८ लाख ३६ हजार ८ सय ८३ पुगेको छ । यस्तै गत २४ घन्टामा थप २६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार ६ सय ३८ पुगेको छ ।

मन्त्रालयको तथ्याङ्क अनुसार गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २९ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ७ लाख ५ हजार ८ सय ९३ पुगेको छ । यस्तै हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार ३ सय ८४ रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्