भारतसहित ५ मुलुकलाई रासायनिक मल तत्काल उपलब्ध गराउन नेपालको आग्रह – Kanika Khabar
Monday, May 11Nepali News Portal

भारतसहित ५ मुलुकलाई रासायनिक मल तत्काल उपलब्ध गराउन नेपालको आग्रह

    मा प्रकाशित

भदौ १०, काठमाडौँ ।
नेपालले भारतसहितका पाँच मुलुकसँग तत्काल प्रयोगका लागि उपलब्ध हुनेगरी १ लाख ५० हजार मेट्रिकटन रासायनिक मल उपलब्ध गराइदिन आग्रह गरेको छ ।देशैभर मल अभाव चर्किएपछि कुटनीतिक च्यानलमार्फत भारत, चीन, बंगलादेश, ओमन र जोर्डनसँग मल खरिदको वातावरण बनाइदिन आग्रह गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

गहुँ सिजनलाई ग्लोबल टेण्डरबाट मल नआउने निश्चित भएपछि जोहो गर्न ती मुलुकसँगको छलफल तीब्र पारिएको मन्त्रालयले बताएको छ ।अहिले धान, तोरी, तरकारी र गहुँ तथा मकैका लागि हाल्न देशैभर मल अभाव रहेको मन्त्रालयले जनाएको छ ।

ढिलोमा मंसिर पहिलो सातासम्म आइपुग्नेगरी युरिया र डीएपी गरी बढीमा एक लाख ७० हजार मेट्रिकटनसम्म मलको खोजी गरिएको मन्त्रालयको दाबी छ । परराष्ट्र मन्त्रालय, ती देशमा रहेका नेपाली नियोग एवं यहाँँ रहेका ती देशका राजदूतमार्फत मल उपलब्धताका लागि पहल गरिएको मन्त्रालयको भनाइ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्