जनवादी गायक जेबी टुहुरेको निधन – Kanika Khabar
Friday, March 29Nepali News Portal

जनवादी गायक जेबी टुहुरेको निधन

    मा प्रकाशित

भदौ १०, दाङ ।
जनवादीगायक जेबी टुहुरेको निधन भएको छ । मस्तिष्कघात भएर वयोधा अस्पतालमा उपचारत टुहुरेको ७८ वर्षको उमेरमा आज निधन भएको अस्पतालका प्रमुख मेडिकल अफिसर डाक्टर कञ्चन कुमार गोयन्काले बताउनुभयो ।

 

भदौ १ गते कलंकीस्थित निवासमा बेहोस भएर लडेपछि उहाँलाई बल्खुस्थित वयोधा अस्पताल लगिएको थियो । उपचारकै क्रममा चिकित्सकले उहाँलाई मस्तिष्कघात भएको बताएका थिए । टुहुरेका पत्नी सत्यदेवी, एक छोरा, चार छोरी छन् ।

 

२००१ कात्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिनु भएका जेबीले न्याय समानता र परिवर्तनको पक्षमा उभिँदै जनमत निर्माणका लागि आफ्नो आवाज दिनुभयो । माले भूमिगत हुँदा सांस्कृतिक कार्यक्रममार्फत उहाँले पार्टीका कुरालाई आमजनता माझ पु¥याउनुभयो ।

 

जेबीको पूरा नाम जुठबहादुर खड्गी हो । यसैबीच, प्रधानमन्त्री शेर बहादुर देउवाले टुहुरेको निधनप्रति शोक व्यक्त गर्नुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्