काठमाडौँ । काठमाडौँको जडीबुटीमा प्रहरीले गोली चलाएर एकजनालाई पक्राउ गरेको छ ।
जडीबुटीमा रहेको रोयल पार्टी प्यालेस नजिकै जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले गोली चलाएर एक जना लुटेरालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँको भद्रकाली घर भएका गणेश कार्की छन् । उनको बायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । हिजो दिउँसो सुकेधारामा एक महिलाको साथबाट सुनसहितका गरगहना लुटपाट भएको थियो ।
त्यही घटनामा संलग्न एक जनालाई प्रहरीले दिउँसो नै पक्राउ गरेको थियो भने अर्का एक जनालाई बेलुकी जडीबुटीबाट गोली चलाएर पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।


