कोरोनाको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण – Kanika Khabar
Saturday, April 27Nepali News Portal

कोरोनाको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण

    मा प्रकाशित

कनिका डेस्क
जेठ २६, दाङ ।

अर्घाखाँचीका कोरोनाको संक्रमणबाट मत्यु भएका एक युवकको सम्पर्कमा आएका ३० जनामा संक्रमण पुष्टि भएको छ ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो । उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी परीक्षण गर्ने क्रममा ३० जनामा संक्रमण पुष्टि भएको हो।
घर फर्कने क्रममा भारतमै मृत्यु भएका युवकको कपिलवस्तु पोस्टमाटर्म गरिएको थियो । पोष्टमार्टमका क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । तर कोरोना संक्रमणको रिपोर्ट आउनु अगाडि नै मृतकको अन्त्येष्टि समेत गरिएको थियो ।

मृतकमा कोरोना संक्रमण पुष्टि भएपछि भारतबाट सँगै आएका, मृतकको शव बोकेका र उनको सम्पर्कमा रहेका ५० जनाको थ्रोट स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गर्दा उनीहरु मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै मृतकको सम्पर्कमा नआएका अर्का एक जनामा पनि संक्रमण पुष्टि भएका छ । संक्रमित हुनेमा सन्धीखर्क नगरपालिकाका २९ जना, शितगंगा नगरपालिका र पाँडिनी गाउँपालिकाका एकरएक जना रहेका छन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्